काठमाडौँ, २० जेठ । चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका छन् ।
शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जबाफ दिँदै नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका हुन् ।
उनले भने, “सीमा विवादको विषयमा खुलेरै कुरा भयो । सीमा समस्या समाधानको उपाय खोज्न पर्यो, नभए नेपाल–भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नुभयो । सीमा समस्या समाधानबारे उनको प्रतिबद्धता छ ।”