चरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज फर्कियो

38

काठमाडौँ, १३ जेठ । काठमाडौँबाट भारतको बैंगलोर उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौँबाट बैंगलोरतर्फ उडेको आरए २४४ विमानमा चरा ठोक्किएको आंशकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै विमान फर्किएको उनले बताए । विमानमा १५६ जना यात्रु सवार थिए ।

प्रवक्ता सिटौलाका अनुसार अहिले प्राविधिकहरूले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...