नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन

174

काठमाडौँ, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरीले पक्राउ गरेका १६ जनासहित ३२ जनाविरूद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउन रायसहितको १५० पृष्ठभन्दा लामो प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा आज प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

यसअघि आइतबार सरकारी वकिललाई बुझाउने भनिए पनि मिसिल तयार पार्न नभ्याएपछि आज बुझाउने प्रहरीको तयारी थियो । जिल्ला सरकारी वकिलको कार्यालयले केही मिसिल भने अध्ययनका लागि लगिसकेको छ । तर, प्रहरीले ३२ जनामध्ये कसलाई कुन कसुरमा मुद्दा चलाउने भन्ने पूर्ण राय दिने गरी मिसिल तयार पार्न समय लागेको जनाएको छ ।

यस प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेसहित पाँच जनालाई संगठित, ठगीसहित राज्यविरूद्धको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको स्रोतले बतायो ।

Share This:
सम्बन्धित खबर
Loading...