जोखिममा रहेको अरूण तेस्रो बाँध निमार्णस्थल अनुगमन

187

खाँदबारी, २३ वैशाख । जिल्ला विपद् व्यवस्थापन समितिले सङ्खुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ ।

निर्माणाधीन ९०० मेगावाटको अरूण तेस्रो आयोजनास्थलको बाँध निर्माणस्थलमा गत आइतबार पहिरो खसेपछि झन्डै तीन किलोमिटर ताल बनेको छ । अरूणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयवासीले गरेपछि विपद् व्यवस्थापन समितिले अनुगमन गरेको हो ।

अरूण तेस्रो आयोजनाले अरूणमा २६ मिटर अग्लो अस्थायी बाँध बनाएर खोला फर्काएको थियो । अरूण थुनिएपछि अरूण तेस्रोमा बाँध निर्माणस्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट खसिरहेको प्रहरीले जनाएको छ ।

टोलीमा नेपाली सेनाको पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ र २ नम्बर बाहिनी हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो ।

बाँध निर्माणस्थलमा भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स लिमिटेडले बाँध बनाउने काम गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...