आगो देखिएको विमानकाे समस्या समाधान भएपछि गन्तव्यतर्फ प्रस्थान

57

काठमाडौँ, ११ वैशाख । काठमाडौँको आकाशमा आगो देखिएको विमान दुबईतर्फ नै प्रस्थान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन् ।

९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

काठमाडौँको आकाशमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्यतर्फ नै लागेको तिवारीले बताए ।

दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...