सरकारले गर्‍यो पदम लिम्बूलाई सहिद घोषणा

32

काठमाडौँ, २४ चैत । संघीय सरकारले पहिचनवादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजेहाङ)लाई सहिद घोषणा गरेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामाकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई सहिद घोषणा गरेको हो ।

बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।  गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनमा क्रममा भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...