बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक

143

वासिङ्टन, एपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् । अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको उनले बिहीबार जानकारी दिएका हुन् । कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन् ।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्रेटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी, उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुन लागेको छ । उनीहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...