जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

238

सिन्धुपाल्चोक । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका उनलाई बिहीबार संक्रमण पुष्टि भएको हो ।

उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् । उनले भने, “अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला ।”

Share This:
सम्बन्धित खबर
Loading...