बिमला राईको प्रश्न : बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

65

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रियसभामा प्रवेश पाएको छ ।

नेकपा (एमाले)की सांसद बिमला राई पौड्यालले मंगलबार बानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरूको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जबाफसमेत माग गरेकी छन् ।

राष्ट्रियसभाको जारी बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै किन मुख थुनिएको हो ? भन्दै त्यसको जबाफ माग गरेकी हुन् ।

“प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जबाफ चाहन्छु,” जबाफ माग्दै राईले भनिन् ।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरूद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर’, ‘गरिबमारा प्रचण्ड मुर्दावाद’ भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनिदिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...