राजेन्द्र लिङ्देनले भने– हाइड्रोजन गाडी दियौँ, पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?

30

काठमाडौँ, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले गाउँघरमा यस्तो ड्राइभर भेटिने बताए ।

उनले भने, “धेरी गाडी फेरिरहने ड्राइभर, गाडी फेरिरहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ । गाडी फेरिरहने ड्राइभरले तपाईंहरूको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?”

आफूहरूसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको लिङ्देनले बताए । उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरूले इमान्दारितापूर्वक समर्थन फिर्ता लिएको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...