सहिदहरुको भागबण्डा र व्यापारिकरण हुन सक्दैन : धर्मेन्द्र बास्तोला

99

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यापारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताए ।

संवाद डबलीमा आइतबार अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा ‘२५औँ प्रतिरोध दिवस’ मा बोल्दै बास्तोला जनयुद्धका सहिदहरुको सपना पूरा नभएको बताउँदै आफूलाई पूरा गर्ने अभियानमा रहेको बताए । उनले आफ्नो पार्टी अरुजस्तो नभएर क्रान्तिकारी पार्टी भएको दाबी समेत गरे ।

“सहिदहरुको व्यपारिकरण हुन्छ कि हुँदैन ? सहिदहरुको भागबण्डा हुन्छ कि हुँदैन ? नहुुनु पर्ने हो, व्यपारीको दबदबा भएको ठाउँमा सहिदहरुको पनि व्यपारिकरण हुने रहेछ तर यो कुरा क्षणिक हो । सहिदहरुको व्यपारिकण हुन सक्दैन,” बास्तोलाले भने । उनले सहिदका चिहानको व्यपारिकण हुन नसक्ने बताए ।

बास्तोलाले सहिदहरुका सपना पूरा गर्ने बाटोमा हिँडे मात्रै उनीहरुको सच्चा सम्मान हुने बताए । आफ्नो पार्टी सहिदका सपना पूरा गर्ने बाटोमा हिँडेको दाबी समेत बास्तोलाले गरे ।

त्यसैगरी, राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले सहिदहरुका सुन्दर सपना साकार पार्नका लागि रक्तरञ्जित बाटोमा अघि बढ्न, देश र जनताका दुश्मनसँग लडेर प्रतिरोध गरेर पराजित गरेमात्रै सहिदको सम्मान हुने बताए । पिटरले जसले इतिहासलाई पेस्ताेल हान्छ उसलाई इतिहासले भविष्यमा बम हानेर ध्वस्त बनाउने बताए ।

परिवर्तनको अगुवाई गर्ने र व्यवहारिक रूप दिने भनेको त राजनीति भएको बताउँदै साँस्कृतिकरण गर्न नसकेका कारण समस्या देखा परेको बताए ।

कृष्णसेन, जुनु गुरुङ, सहित काभ्रेको अनेकोट, रोल्पाको भाबाङ र हार्जङ, डोल्पाको माझफाल, जाजरकोटको लहँ, अछामको डुंगाला, डोटीको मुभडामा भएको सामुहिक हत्याकाण्डामा मारिएका सांस्कृतिक योद्धाहरुको सम्झनामा आयोजित कार्यक्रममा गुणराज लोहनी, खेम थपलिया, देवकला अधिकारी, हरि श्रेष्ठ, विनोद थापा, रोजन रखाल मगर, जुना दाहाल, पवित्रा फुयाल, अग्निराज पौडेललगायत सहिदको सम्झना र सम्मानमा कविता वाचना गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...