एनआर क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट अर्जुन खड्का उम्मेदवारी

43

काठमाडौँ, २ चैत । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि एनआर क्याम्पस नेपालटारमा सभापतिको पदमा अनेरास्ववियुको तर्फबाट अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्यसमेत रहेका अर्जुन खड्काले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

“हालसम्म कयौँ पटक स्ववियु निर्वाचन भएता पनि हामी विद्यार्थीहरूका समस्याहरू सधैँभरि समस्या नै रहिरहेको र विद्यार्थीका अनेक कष्ट र प्रशासनको चरम बेथितिको विरुद्धमा लड्ने र समाधानको मार्गमा सानै भए पनि पाइला चाल्ने अठोटका साथ आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सभापति पदमा उम्मेदवारी दिएको छु,” उनले भने “तपाईंहरू सबैको साथ सहयोगको अपेक्षा गर्दै चुनावमा भारी मतका साथ विजयी गराइदिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु।”

एनआर क्याम्पसका १६ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन् ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...