काठमाडौँ महानगरका मेयर साह बेलायत प्रस्थान

70

काठमाडौँ, ३० फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह बेलायत प्रस्थान गरेका छन् । गएराति उनी त्रिभुवन विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर साह बेलायत प्रस्थान गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । मेयर साहसँगै स्वास्थ्य सल्लाहकार डा.जगदिश अग्रवाल, वडा नम्बर २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भुपदव शाह पनि बेलायत गएका छन् ।

उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । मेयर साह चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...