एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन सकेन : देव गुरुङ

107

काठमाडौँ, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका छन् ।

 माओवादी धारका दलहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले नेकपा (एमाले)को असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका हुन् ।

 एमालेकै कारण अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिएको आरोप लगाएका उनले शान्ति प्रक्रिया टुंग्याउने विषयमा एमालेले लगातार नकारात्मक धारणा राख्दै आएको दाबी गरे ।

 एमालेकै कारण सर्वोच्च अदालतको आदेशपछि संसद्‌मा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...