काठमाडौँ, २७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा.यादवलाई आफूहरूको प्रस्तावमा नै निर्वाचित गराएको बताए । उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए ।
यस्तै, संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्ले लोकतन्त्रमा विश्वास गर्नेहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन् ।