उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले दिइन् उम्मेदवारी

65

काठमाडौँ, २७ फागुन । उपराष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत नेताहरू पुगेका छन् ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...