रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

67

काठमाडौँ, २६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए ।

रामसहायप्रसाद यादव गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गतेका लागि तय गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...