दुधको मूल्य बढ्यो

59

काठमाडौँ, १९ फागुन । सरकारले दुधको मूल्य बढाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुधको मूल्य प्रतिलिटर ९ रूपैयाँ बढाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दुधको मूल्य बढाइएको जानकारी दिइन् ।

उनका अनुसार प्रतिलिटर ९ रूपैयाँले बढेसँगै अब दुधको मूल्य ६५.५ रूपैयाँ कायम भएको छ । अहिले दुधको मूल्य प्रतिलिटर ५६.४ रूपैयाँ छ ।

Share This:
सम्बन्धित खबर
Loading...