टर्कीमा फेरि गयो भूकम्प, १ जनाको मृत्यु, ६९ जना घाइते

67

एजेन्सी, १५ फागुन । पूर्वी टर्कीमा सोमाबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले शोकबाट नबौरिँदै फेरि अर्को धक्का ब्यहोरेको छ ।

भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो । यसअघिको भूकम्पबाट क्षतिग्रत भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ ।

फेब्रुअरी २० मा दक्षिणी टर्कीको हाते प्रान्तमा गएको अर्को दुईवटा भूकम्पमा ६ जनाको ज्यान गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...