काठमाडौँ, १५ फागुन । राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार हिजो उम्मेदवारी दर्ता गराएका राष्ट्रपतिका उम्मेदवारद्वय नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङका विरुद्धमा कुनै उजुरी नपरेको हो ।
तोकिएको समयसीमा अर्थात् आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएको छ ।
राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।