मोरङ, १० फागुन । मोरङको विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका–७ का ५३ वर्षीय श्रीराम चौधरी र प्रियंका सुनारको श्रीमान् २९ वर्षीय रमेश साह रहेका छन् ।
सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ का नरसिंह चौधरीको ग्वाली घर (गाई गोठ)मा प्लास्टिकको बोरामा सुनारको शव फेला परेको थियो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।