अमेरिकी राष्ट्रपति बाइडेनद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

28

एजेन्सी, ८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने बाचा गरेका छन् ।

ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर किभ फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको किभ भ्रमण एक्कासी आयोजना भएकाले यसले राजनीतिक तरंग थपेको छ ।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रूसको आक्रमणको पहिलो वर्षगाँठअघि राष्ट्रपति बाइडेनद्वारा गरिएको किभ भ्रमणलाई राजनीतिक एवम् कूटनीतिक रूपमा विशेष चासोको रूपमा हेरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...