प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

59

काठमाडौँ, ८ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकाले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।”

एयरलाइन्सले आर्थिक रूपमा सबल रहेको भनेर नआएसम्म पुनः उडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पारे । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...