लाठीचार्ज गर्ने प्रहरीलाई २४ घन्टाभित्र कारबाही गर्न चिकित्सक संघको माग

27

काठमाडौँ, २८ माघ । नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि अस्पताल परिसरभित्रै प्रहरीले लाठीचार्ज गरी गम्भीर घाइते बनाएको घटनामा दोषीलाई कारबाहीको माग गरेको छ ।

संघले एक वज्ञिप्ति जारी गर्दै आफ्ना आजीवन सदस्य रहेका डा.सिंहमाथि लाठीचार्ज गर्ने प्रहरीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन–२०७९’ बमोजिम कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसरभित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद् र अस्वभनीय कार्य भएको छ ।”

यस्तै, संघले २४ घन्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...