हेल्थ एट होमको सद्‌भावना दूतमा पूर्वकप्तान पारस खड्का

49

काठमाडौँ, २७ माघ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिँदै आएको हेल्थ एट होम/मेड प्रो. इन्टरनसनलको सद्‌भावना दूतका रूपमा आबद्ध भएका छन् ।

खड्कालाई हेल्थ एट होमका संस्थापक डा.विशाल ढकालले सद्‌भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि खड्कासँग सहकार्य गरेको थियो । हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र साथीहरूको समेत हेरचाह गरेको थियो । अहिले पनिपारसले कम्पनीकाअन्य सेवाहरू प्रयोग गर्दै आइरहरेका छन् ।

हिजोका दिनमा व्यक्तिगत रूपमा भेटघाट गर्न नसके पनि अब निरन्तर सहकार्य गर्ने गरी अगाडि बढेको कम्पनीको भनाइ छ । आगामी दिनमा आवश्यकताको महसुस गर्दै सहज र आत्मविश्वासी ढंगबाट सहकार्य गर्दै अगाडि बढ्ने कम्पनीको भनाइ छ ।

हेल्थ एट होमका संस्थापक ढकालले भने, “हामी उहाँको समर्थन प्राप्तगर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ कि, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवद्र्धन गर्न सक्नुहुन्छ ? उहाँ आफैँ आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्‌भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ । ” ।

हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवासमेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब एकलाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...