‘बरको डाली’मा कृष्णको सरिता र जुनासँग रोमान्स [भिडिओ]

131

काठमाडौँ, २६ माघ । गायक रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालको स्वरमा रहेको गीत ‘बरको डाली’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरी गीतमा माया प्रेमका भावलाई समेटिएको छ।

म्युजिक भिडिओमा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका मोडल, कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनारको साथमा मोडलद्वय सरिता दनकुटी र जुना कार्कीलाई त्रिकोणात्मक प्रेम कहानीमा फिचर्ड गरिएको छ ।

गणेश सापकोटाले छायांकन गरेको भिडिओलाई चर्चित निर्देशक तथा कोरियोग्राफर शिव विकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...