लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, २५ माघ । लमजुङलाई केन्द्रबिन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । लमजुङ सदरमुकाम बेँसीसहरलगायतका स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।
बुधबार बिहान ७ः१७ बजे लमजुङको बुलबुलेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।