टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७ हजार ८०० नाघ्यो

60

एजेन्सी, २५ माघ । सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी दुवै देशमा अहिलेसम्म ७ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफफीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा १ हजार ९३२ जनाको मृत्यु भएको छ ।

दक्षिण टर्की र उत्तरी सिरियामा व्यापक उद्धार कार्य जारी छ । उद्धारकर्ताहरूले पीडितलाई बचाउन सक्दो प्रयास गरिरहेको समाचारमा उल्लेख गरिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् ।

अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवादसमेत दिएको समाचारहरूमा उल्लेख गरिएको छ ।

यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि संकटकाल घोषणा गरिएको जनाकारी गराएका छन् ।

मृतको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ । अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...