भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
पर्वत, २० माघ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको कुश्मा नगरपालिका–७ दुर्लुङ्चोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भिरमा खसेका थिए ।
सोबारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर तलबाट सशुकल उद्धार गरेको हो ।
उद्धार पश्चात उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएइको प्रहरीले जनाएको छ । साथै उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।