गायक तुलसी सिवाकोटी र रीता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक [भिडिओ]

65

काठमाडौँ, १८ माघ । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसँगै गायिका रीता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।

गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको भिडिओमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन् ।

भिडिओलाई दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै, भिडिओको निर्देशन एवम् कोरियोग्राफी केशव राज भट्टले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...