काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । काठमाडौँ महानगरभित्र सुकुमबासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।
थापाथलीस्थित बागमती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर साहले संघीय सरकारको साथ खोज्दै आएका छन् । मेयर साहले रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।