भारतीय तिर्थालु बोकेको बस दुर्घटना हुँदा ४८ जना घाइते

65

चितवन, ७ माघ । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८ जना घाइते भएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...