प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

52

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए ।

भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्‌भाव र भ्रातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...