प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

60

काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...