रुपन्देही, २७ पुस । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष एमालेका लिला गिरीले मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका छन् ।
संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसो दाबी पेस गरेका हुन् । उनले पेस गरेको दाबीमा एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको छ ।
लुम्बिनी प्रदेशमा ८७ संसाद छन् । बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।