प्रधानमन्त्रीको निर्देशनमा दुधको मूल्यवृद्धि फिर्ता

39

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि दुधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दुधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो ।

जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्दप्रसाद शर्मालाई दुधको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिए ।

त्यसपछि बोर्डका उपाध्यक्ष डा.शर्मासहित सरोकारवाला निकायहरुको बैठकले दुधको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...