फ्रान्स सेमिफाइनलमा

37

काठमाडौँ, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको अल वयात रंगशालामा आज भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...