तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार

121

काठमाडौँ, २२ मंसिर । सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत् उद्धार  गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६÷७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७÷७८ मा १०३ जना र आव  २०७८७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ ।  बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...