निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाएको छ : प्रचण्ड

81

काठमाडौँ, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् ।

किरात समुदायको पर्व उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भइ अगाडि बढ्नसमेत आग्रह गरे ।

यस्तै, अध्यक्ष प्रचण्डले किरात समुदायको उधौली तथा ज्यापु समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) का अवसरमा दुवै समुदायलाई शुभकामना दिएका छन् । यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्‌भाव र सहिष्णुताको संरक्षण एवम् प्रवर्द्धन गर्न मद्धत मिल्ने उनको विश्वास छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...