स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

48

स्याङ्जा, १५ मंसिर । स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार ९०७ मतसहित अग्रता कायम राखेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्‍माकुमारी अर्यालले पाँच हजार ८६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । उनीहरुबीच दुई हजार ४४ को मतान्तर रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार दुई सस २८ मत प्राप्त गरेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ र ७, भीरकोट नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ । हालसम्म १७ हजार एक सय १५ मतगणना भएको छ । मतगणनामध्ये १६ हजार ५०६ मत सदर भएको र ६०९ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...