सुकुमबासी र प्रहरीबीच झडप हुँदा काठमाडौँ नगर प्रहरी प्रमुख पाण्डे घाइते

36

काठमाडौँ, १२ मंसिर । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा काठमाडौँ नगर प्रहरी प्रमुख घाइते भएका छन् ।

सुकुमबासी बस्तीभित्र प्रहरी छिर्ने क्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा प्रहरी उपरीक्षक राजु पाण्डे घाइते भएको काठमाडौँ महानगरपालिकाका नगरी प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । उनका अनुसार झडप हुँदा पाण्डे सामान्य घाइते भएका छन् ।

यस्तै, झडपमा अन्य १४ जनासमेत सामान्य घाइते भएको उनले बताए ।

प्रहरीहरू बस्तीभित्र छिर्न खोजेपछि सुकुमबासीहरूले टायर बालेर विरोध प्रदर्शन समेत गरेका थिए ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुमबासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो ।

स्थानीयले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै उनीहरूले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...