निर्देशक विजय मगरको ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

124

काठमाडौँ, ११ मंसिर । निर्देशक विजय मगरको ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

फोरबी पिक्चर र दामी क्रिएसनद्वारा संयुक्त प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोमा अर्जुन खड्का र भावना मगरको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोमा मनोज खड्काको स्वर रहेको छ भने अजुको शब्द तथा संगीतमा रहेको छ । उक्त भिडियोको छायांकन सनम तामाङले गरेका हुन् भने सम्पादन अर्जुन खड्काले गरेका हुन् ।

काठमाडौँ उपत्यकामा नै छायांकन गरिएको उक्त म्युजिक भिडियोले दर्शकहरुको मन जित्न सफल हुनेमा ढुक्क रहेको निर्देशक मगरले बताए ।

‘तिम्रो लागि’ बोलको गीतको म्युजिक भिडियो एज अजु युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

Share This:
सम्बन्धित खबर
Loading...