लमजुङमा एमालेका पृथ्बीसुब्बा गुरूङ विजयी

112

लमजुङ, ८ मंसिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरूङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङलाई ३ हजार १८८ मत अन्तरले हराए ।

पृथ्बीसुब्बाले ३४ हजार ९६९ र देव गुरूङले ३१ हजार ७८१ मत पाएको निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरूङले ४५७ र जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरूङले १४८ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...