प्रचण्ड प्रतिस्पर्धीभन्दा ५ हजार बढी मतले अगाडि

60

गोरखा, ६ मंसिर । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अब्दुस सलाम मियाँ तेस्रो स्थानमा छन् ।

१२ हजार २१७ मतगणना हुँदा प्रचण्डले ७ हजार ५७ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १ हजार ९२९ मत प्राप्त गरेका छन् ।

यस्तै, एमालेका मियाँले १ हजार ६७६ मत ल्याएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...