काठमाडौँ, ५ मंसिर । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्डले सानदार सुरूवात गरेको छ ।
अर रायानस्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा इरानमाथि गोलको वर्षा गर्दै इंग्ल्यान्डले सुखद् सुरूवात गरेको हो । पहिलो खेलमै इरानमाथि ६–२ गोल अन्तरको जित दर्ता गर्यो ।
खेलको पहिलो हाफमा ३ गोल गरेको इंल्यान्डले दोस्रो हाफमा पनि३ गोल थप्यो । इरानले दुई गोल फर्कायो ।
इरानविरूद्ध इंग्ल्यान्डका बुकायो साकाले २ गोल गरे भने रहिम स्टर्लिङ, मार्कस रासफोर्ड, ज्याक ग्रिलिस र जुडे बलिङघमले एक–एक गोल गरे ।
अन्तर्राष्ट्रिय फुटबलमा पहिलो भेटमै इरानमाथि इंग्ल्यान्ड हाबी भएको हो । एक पक्षीय खेलमा इंग्ल्यान्डको रक्षापंक्ती तोड्न इरानलाई हम्मेहम्मे परेको थियो ।
सन् १९६६ मा घरेलु मैदानमा विश्वकप आयोजना गर्दा उपाधि उचालेको इंग्ल्यान्ड त्यसयता उपाधि नजिक पुगेर पनि चुक्दै आएको छ ।
इंग्ल्यान्ड सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।
इंग्ल्यान्ड रहेका समूहमा इरान, अमेरिका र वेल्स छन् ।