पूर्वप्रशिक्षक क्लिन्सम्यान भन्छन्– ब्राजिल र अर्जेन्टिना विश्वकपको प्रमुख दावेदार

68

काठमाडौँ, २८ कात्तिक । जर्मनीका पूर्वप्रशिक्षक जर्गेन क्लिन्सम्यानले अर्जेन्टिना र ब्राजिलले सन् २०२२ को फिफा विश्वकपसँगै आउने अनिश्चिततालाई अन्य समूहको तुलनामा राम्रोसँग सम्हाल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा भने, “ब्राजिल र अर्जेन्टिना निकै सफल छनोट अभियान खेलेका छन् । उनीहरूले पनि अघिल्लो विश्वकपभन्दा राम्रो प्रदर्शन गर्न सक्ने महसुस गरिएको छ ।”

अर्जेन्टिनाको सन्दर्भमा, क्लिन्सम्यानले सुपरस्टार लियोनल मेस्सीले उच्च महत्वकांक्षा निर्माण गर्ने अपेक्षा गरेका छन् । सम्भवतः मेस्सीले आफ्नो विश्वकप खेलको अन्तिम प्रतिस्पर्धामा भाग लिनेछन् ।

कतारको प्रतियोगितामा सहभागी टोलीले अप्रत्याशित चुनौतीको सामना गर्नुपर्ने छ । “हामीले अहिले मूल्यांकन गर्न सक्दैनौ तर पनि ब्राजिल र अर्जेन्टिनाले यो वर्ष राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।”

सन् १९९० को विश्वकप फुटबल च्याम्पियनले भने, “कतारको यो प्रतियोगिताले दुवै टिमका लागि अहिलेसम्म अज्ञात सरप्राइजको माग गरिरहेको छ ।”

सन् १९९६ को युरोपियन च्याम्पियनले दक्षिण अमेरिकाका दुवै राष्ट्र ‘उपाधि जित्नका लागि’ उच्च लयमा रहेको बताए । उनले भने, “उनीहरू मेरा मनपर्ने समूह हुन् ।”

बार्यनका पूर्वप्रशिक्षकको दृष्टिकोणबाट हेर्ने हो भने यदि क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब म्यानचेस्टर युनाइटेडसँग यस सिजनको कठिनाइलाई बिर्सन सके भने २०१६ को युरोपियन च्याम्पियन पोर्चुगल प्रतियोगिताको आश्चर्यको भूमिकामा पर्न सक्छ ।

उनले भने, “यदि कुनै आश्चर्य छ भने मलाई लाग्छ– यो पोर्चुगल हुन सक्छ ।”

टोटनह्याम र इन्टर मिलानका पूर्व स्ट्राइकरहरूले ब्राजिल र अर्जेन्टिना यसअघिका चार प्रतियोगिताको कुरा गर्दा युरोपियन जितको श्रृंखला तोड्न आतुर रहेको टिप्पणी गरेका छन् ।

कतारमा सफलताको निर्धारक टोली प्रारम्भिक समूहका खेलहरूलाई मान्न सकिन्छ । उनीहरूले भने, “सुरूवातमा जित हात पार्दा केही हदसम्म सफलताका लागि सहजता हुन सक्छ र आफ्नो काँधमा रहेको दबाब कम गर्न सकिन्छ ।”

जर्मन टोलीको बारेमा क्लिन्सम्यानले टोलीको नवगठित समूहको डिफेन्स प्राप्त गर्न सकेमा जर्मनी प्रतिस्पर्धाको अर्को दाबेदार भए पनि खेललाई लयमा ल्याउन केवल एक हप्ताको छोटो अवधिमात्र जर्मनीसँग उपलब्ध छ ।

सन् २०१८ मा रूसमा भएको विश्वकपमा खराब प्रदर्शनका कारण कुनै पनि प्रतियोगिता चलिरहेको बेला जर्मनीले सधैँ राम्र गर्छ भन्ने बुझाइ हराउँदै गएको छ । यद्यपि, क्लिन्सम्यानका अनुसार जापानविरूद्ध जर्मनीले सन् २०१८ पछि पहिलो बदला लिन सक्छ । सन् २०१४ मा उपाधि जितेयता संघर्ष गरिरहेको जर्मनीका लागि सन् २०२२ को प्रतियोगिता पुनः सुरू गर्ने अवसर हो ।

पछिल्ला वर्षहरूमा जापानले गरेको सुधारका कारण राष्ट्रिय प्रशिक्षक हान्सी फ्लिकको टोलीका लागि यो खेल कठिन अवसर बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...