युभेन्ट्स चौथो स्थानमा उक्लियो

23

काठमाडौँ, २५ कात्तिक । हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ ।

बिहीबार राति १० खेलाडीमा सीमित युभेन्ट्सले भेरोनालाई १–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस केअनले ६०औँ मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।

जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंकसहित चौथो स्थानमा रह्यो । समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्ष स्थानमा छ । भेरोना रेलिगेसन क्षेत्रमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...