काठमाडौँ, २१ कात्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोगलाई जबाफ पठाएका छन् ।
निर्वाचन आयोगले आयोगले ‘हाम्रो नेपाली पार्टी’का विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्ट पार्न भनेको थियो ।
सो को जबाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जबाफ पठाएका छन् ।
आयोगले साहलाई इञ्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्ट पार्न भनेको थियो ।
याे पनि हेर्नुस्
काठमाडौँ महानगरपालिका प्रमुख साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण