दुर्गा पौडेलको समर्थनमा स्वतन्त्र उम्मेदवार सुवेदी

69

प्युठान, १३ कात्तिक । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गरेका छन् ।

सुवेदीले उम्मेदवारी फिर्ता लिएर पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पौडेललाई समर्थन गर्ने स्पष्ट पारेका छन् ।

सुवेदीले विज्ञप्तिमार्फत् भनेका छन्, “देशलाई प्रतिगमनतर्फ लैजाने शक्तिलाई परास्त गरी लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर वाम–लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मैले मेरो उम्मेदवारी फिर्ता लिइ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गरेको छु ।”

प्युठानमा गठबन्धनको तर्फबाट जनमोर्चाकी पौडेल र नेकपा (एमाले)को तर्फबाट सूर्य थापा प्रतिनिधिसभाको चुनावी मैदानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...