प्रचण्ड आसेपासेका नायक हुन्, गोरखालीले अस्वीकार गर्नुपर्छ : रविकिरण

77

काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले)का युवा नेता रविकिरण हमालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसेपासेको नायकको संज्ञा दिएका छन् ।

‘क्रोनी क्यापिटलिजम’ अर्थात् आसेपासे पुँजीवाद नेपालको राजनीतिमा विद्यमान छ । राज्यकोषको दोहन गर्ने, शक्ति आर्जन गर्ने र फेरि त्यसकै लागि दुरुपयोग गर्ने कुरा प्रचण्डको नेतृत्वमा भैरहेको किरणको आरोप छ ।

गोरखाका मतदाताले एमाले उम्मेदवार अब्दुस मियालाई भारी मत दिएर प्रचण्डलाई पराजित गर्ने किरणले दाबी गरेका छन् ।

एक अन्तर्वार्ता दिँदै किरणले भने, ‘गोरखा नेपाल एकीकरणको शिलान्यास भूमी हो, पवित्र भूमी हो– अपवित्र पात्रलाई पराजित गर्नु गोरखाली जनताको धर्म हो ।’

गोरखा–२ मा एमाले उम्मेदवार अब्दुस मिया गठबन्धनका उम्मेदवार प्रचण्डसँग चुनावी मैदानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...